१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १o:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिम आफूलाई किन ‘पीडित’ बनाउँदै छ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:३२:oo

पश्चिमा मुलुकले आफूलाई पीडितका रूपमा चित्रण गर्ने प्रयास गर्नु परिवर्तनशील विश्वव्यापी शक्ति सन्तुलनको भयबाट उत्पन्न परिणाम हो 

फुकुसिमा क्षेत्रको हालैको भ्रमणमा जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले चीन र जापानको सम्बन्धमाथि जोड दिँदै अन्तर्राष्ट्रिय सम्बन्धमा परिवर्तनशील गतिशीलता देखिँदै छ भन्ने बताएका थिए । इमानुएलले जापानी समुद्री खाद्य पदार्थमा चीनको प्रतिबन्धका कारण विश्व व्यापार संगठनमा विवाद आउँदा अमेरिकाले जापानलाई समर्थन गर्ने बताएका थिए । उनले चीनको प्रतिबन्धलाई ‘जापानविरुद्धको आर्थिक दबाब’का रूपमा इंगित गर्दै चीनले ‘गुन्डागर्दी’को आर्थिक रणनीतिलाई लागू गरेको जनाएका थिए । तर, उनले जापानले आणविक रूपमा प्रदूषित फोहोर पानीलाई समुद्रमा बलात् फाल्ने सन्दर्भलाई भने उपेक्षा गरेका थिए । ठिकविपरीत यस प्रकरणमा अमेरिकी राजदूतले जापानलाई पीडितको रूपमा चित्रण गरेका थिए ।

यो भाष्यले एक अचम्मको परिदृश्य प्रस्तुत देखाउँछ । आणविक प्रदूषित फोहोर पानी समुद्रमा फाल्ने मामिलामा जापानको दोषमाथि सन्देह गर्ने ठाउँ नै छैन । बरु चीनले जापानी कदमको सम्भावित खतराका जोखिम व्यहोर्ने राष्ट्रका रूपमा आफूलाई उभ्याएको छ । तथापि अमेरिका र बृहत् पश्चिमा विश्वले परिस्थितिलाई यसरी देखाएका छन् कि जहाँ गल्ती गर्ने नै अन्तर्राष्ट्रिय सहानुभूतिको पात्र बनेको छ । इमानुएलको भाष्य निर्माणले पश्चिमा शक्तिले विश्वव्यापी मञ्चमा आफ्ना एजेन्डा अगाडि बढाउन ‘पीडितलाई दोषी बनाउने’ भनेर चिनिने रणनीति प्रयोग गर्छन् ।

वर्षौंदेखि पश्चिमा राष्ट्र विशेषतः अमेरिकाले आर्थिक, सैन्य र राजनीतिक क्षेत्रमा वर्चस्वको आनन्द लिइरहेका छन् । दोस्रो विश्वयुद्धपछि स्थापित यो वर्चस्व प्रायः हस्तक्षेप, जबर्जस्ती र सार्वभौम राष्ट्रको मामिलामा प्रत्यक्ष हस्तक्षेपका रूपमा देखा पर्दै आएको छ । यद्यपि, हालैका वर्षमा एक अनौठो प्रवृत्ति देखा पर्न थालेको छ । आफूलाई ‘महान् शक्ति’का रूपमा चिनाउने गरेका पश्चिमा शक्ति आजभोलि आफूलाई ‘जबर्जस्ती र गुन्डागर्दी’को सिकार बनेको देखाउन उद्यत् छन् । विश्वव्यापी मञ्चमा यी मुलुकको ऐतिहासिक भूमिकालाई हेर्दा यिनको नयाँ रंग विरोधाभासपूर्ण देखिन्छ ।

यसैलाई ‘पीडितलाई दोषी बनाउने’ प्रवृत्तिका रूपमा वर्णन गर्न सकिन्छ । जब अमेरिका र अन्य पश्चिमा राष्ट्रले पीडित भएको दाबी गर्छन् र आफूलाई धम्की दिइएको र क्षति भइरहेको देखाउन खोज्छन्, तब यो तिनले गरेको अन्यायविरुद्धको रणनीतिक चाल हो भन्ने बुझ्नुपर्छ । यो रणनीतिले संज्ञानात्मक युद्धको संयन्त्रका रूपमा र परिवर्तनशील विश्वव्यापी व्यवस्थाको प्रतिक्रियाका रूपमा काम गर्छ ।

एकातर्फ ‘पीडितलाई दोषी बनाउने’ले पश्चिमा राष्ट्रले प्रयोग गर्ने संज्ञानात्मक युद्धमा हतियारका रूपमा काम गर्छ । यो रणनीतिको एक प्रमुख उदाहरण जुनमा सांग्रिला संवादका क्रममा प्रकट भएको थियो, जब अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बारम्बार चीनलाई ‘गुन्डागर्दी’ र ‘जबर्जस्ती’ गरेको आरोप लगाएका थिए । यी आरोपले सहज रूपमा अमेरिकालाई चीनको सिमानानजिक विमानवाहक र सैन्य विमान तैनाथ गर्नेजस्ता उत्तेजक काम गर्न सघायो । यो चालले चीनलाई सैतान देखाउँदा स्वार्थअनुरूप मापदण्ड लागू गर्ने उपाय झल्काउँछ । यस सन्दर्भमा तर्क र स्थापित नियमलाई आफूअनुकूल बनाउने प्रयास गरिन्छ । अर्कातर्फ पश्चिमको ‘पीडित’ मानसिकताको अवलम्बनले बहुध्रुवीय विश्व व्यवस्थातर्फ चलिरहेको परिवर्तनसँगको पश्चिमको असहजता झल्काउँछ । ऐतिहासिक रूपमा पश्चिमा सम्भ्रान्तले अन्तर्राष्ट्रिय बहसलाई आकार दिन ठूलै प्रभाव पारेका थिए । पहिले पश्चिमा मुलुकले विश्वव्यापी नियमले आफ्नो हित पूरा गर्नुपर्छ भन्ने विश्वास गथ्र्यो । तर, शक्ति सन्तुलन बदलिएसँगै पश्चिमा राष्ट्र इतिहासको पाना पल्टिएर नयाँ युगमा सुरु हुने भन्दै चिन्तित छन् । यी मुलुकसँग चीनको महŒवपूर्ण विश्वव्यापी भूमिका र पश्चिमा वर्चस्वको सम्भावित क्षयको भय देखिन्छ ।

सुरुमा वासिंटनले चीनसँग ‘सामथ्र्यको स्थिति’बाट सामना गर्ने जनाएको थियो । जब यो दृष्टिकोणप्रति अन्तर्राष्ट्रिय समर्थन र आकर्षण जुटाउन अमेरिका असफल भयो, तब चीनको ‘गुन्डागर्दी र जबर्जस्ती’को भाष्य सिर्जना गरियो । पश्चिमा मुलुकको यो परिवर्तनको अनुभूतिले यी मुलुकका नियन्त्रण प्रयास कमजोर भइरहेको भन्ने देखाउँछ । तसर्थ, पश्चिम आफ्नो भाष्यलाई अर्को ढंगले निर्माण गर्न र विश्वभरका मानिसलाई भ्रमित पार्न उद्यत् छ । पश्चिमा भाष्यमा साझा सूत्र भनेकै चीनको ‘गुन्डागर्दी’को विरोध हो र यी सूत्रले प्रायः चीनको वैध हितलाई क्षति पुर्‍याउने गर्छ । यसले पश्चिमको दोहोरो मापदण्ड र वर्चस्ववादी तर्कलाई निरन्तरता दिन्छ र दोहरिने भनेको भाष्य मात्रै हो ।

पश्चिमा मुलुकले आफूलाई पीडितका रूपमा चित्रण गर्ने प्रयास गर्नु परिवर्तनशील विश्वव्यापी शक्ति सन्तुलनको भयबाट उत्पन्न परिणाम हो । चीनजस्ता उदाउँदो अर्थतन्त्रले पश्चिमा वर्चस्वलाई चुनौती दिन सक्ने भन्दै उनीहरू चिन्तित छन् । चीनविरुद्धको आफ्नो कदमको औचित्य प्रमाणित गर्न यी मुलुक आफैँ पीडित भएको नाटक गर्छन् र अरूलाई बहकाउने प्रयास गर्छन् ।

अन्त्यमा, जापानले आणविक प्रदूषित फोहोर पानीको निकासीजस्ता अन्तर्राष्ट्रिय विवादको वरपरको विकसित भाष्यले पश्चिमा शक्तिद्वारा नियोजित ‘पीडितलाई दोषी बनाउने’ फराकिलो ढाँचा प्रस्तुत गर्छ । यो रणनीतिले संज्ञानात्मक युद्धको रूप र परिवर्तनशील विश्वव्यापी व्यवस्थाको प्रतिक्रियाका रूपमा काम गर्छ । अमेरिका र पश्चिमले आफ्नो फाइदाका लागि भाष्यलाई सफलतापूर्वक हेरफेर पनि गर्छन् । यिनको मूल मनसाय र दोहोरो मापदण्ड दिनानुदिन उजागर हुँदै छन् । विश्वले यी परिवर्तनशील भाष्य हेर्दै गर्दा विकसित विश्वव्यापी गतिशीलताको सामनामा पश्चिमी शक्तिको वाञ्छित परिणाम भ्रम सावित हुन सक्छन् । अन्त्यमा तिनले कुशलतापूर्वक आफ्ना भाष्यलाई एक–अर्को ‘महान् कारण’का लागि हेरफेर गर्दा तिनको वास्तविक मनसाय विश्वमा थप स्पष्ट हुँदै छ ।

(१६ भदौको ग्लोबल टाइम्सको सम्पादकीयबाट) 
 

ad
ad