१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १६ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १६ शनिबार १o:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १६ शनिबार १o:३९:oo

सत्तारुढ दल माओवादीले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु गरेको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गरेका छन्। यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखिएको छ। 

गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आजबाट देशभर एकैपटक तीनमहिने र ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु भएको हो। 

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकताबद्ध भई फेरि बलियो बन्ने दाबी गरे। संगठन निर्माण, विचारको विकास गर्नेमा अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष प्रचण्डको विश्वास छ।