१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १४ बिहीबार १o:o९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बेरुजु फर्स्योट गर्न महानगरको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार १o:o९:oo

काठमाडौं महानगरपालिकाअन्तर्गत लेखा समितिले मातहतका विभाग र वडालाई बेरुजु फर्स्योट गर्न निर्देशन दिएको छ । अन्तिम लेखापरीक्षण प्रतिवेदनले देखाएको आर्थिक वर्ष ०७३/७४ देखि ०७८/७९ सम्मको बेरुजु फर्स्योट गर्न समितिले निर्देशन दिएको हो ।

पछिल्लो पाँच वर्षमा अन्तिम औँल्याइएको बेरुजुमध्ये चार अर्ब ६ करोड ४२ लाख आठ हजार फर्स्योट हुन बाँकी छ । समितिका संयोजक गायत्री पुडासैनीको अध्यक्षतामा ६ भदौमा बसेको बैठकले विभाग, एकाइ, सचिवालय, वडा, कर्मचारी तथा बेरुजुसम्बद्ध व्यक्ति तथा संस्थालाई फर्स्योट गर्न गराउन निर्देशन दिने निर्णय गरेको थियो । ‘सबैभन्दा धेरै राजस्वतर्फ बेरुजु छ ।

यसमध्ये पनि असुलउपर गर्नुपर्ने प्रकृतिको बेरुजु धेरै छ । सम्बन्धित व्यक्ति तथा संस्थाबाट बेरुजु रकम असुलउपर गराउन पत्र पठाएका छौँ,’ समितिका सदस्यसचिव यादव घिमिरेले भने । करारीय आयतर्फ विभिन्न नौवटा आयोजनाबाट सम्पत्ति कर, सटर तथा भाडा बाँकी, भवनको नक्सापासअनुसारको दस्तुर, सम्झौताअनुसारको रकम असुल गर्नुपर्ने बेरुजु औँल्याएको छ । यो रकम ५९ करोड ८७ लाख ६६ हजार ६ सय ४९ रुपैयाँ छ ।

समितिले यो रकम असुलउपर गराउन सार्वजनिक निजी साझेदारी एकाइ र राजस्व विभागलाई निर्देशन दिएको छ । असुल गर्नुपर्ने रकममा ल्होत्से बहुउद्देश्यीय प्रालिको सम्झौताबमोजिम असुल गर्नुपर्ने १० करोड ९६ लाख ९१ हजार एक सय ४८ रुपैयाँ, सम्पत्ति कर सात करोड ७१ लाख २७ हजार एक सय ६६ रुपैयाँ, नक्सापास गर्दा असुल नभएको दुई करोड ७७ लाख ७५ हजार सात सय २५ छ ।