१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १२ मंगलबार १२:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चीन भ्रमणमा नयाँ नाका खोल्ने र भइसकेका सम्झौता कार्यान्वयनमा जोड दिन्छु : प्रधानमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार १२:३७:oo

प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणको समयमा दुई देशबीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदयशमशेर जबराले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले चीन भ्रमणको समयमा दुई देशबीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताएका हुन्। 

दुई देशबीच रहेका सीमानाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि उनले जानकारी गराए। 

दुई देशबीच यसअघि भएका सम्झौता र समझदारीहरूलाई कार्यान्वयनमा जोड दिने पनि उनले जिकिर गरे। त्यस्तै सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्थास्थ्यको क्षेत्रमा रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोगको विस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गरे।  

उनले निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमणमा नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषयहरू पनि भ्रमणका क्रममा कार्यसूचीमा रहेकाे पनि बताउ ।  

यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार तथा विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषयसमेत प्राथमिकतामा रहनेछ।’ 

प्रधानमन्त्री दाहालले अर्थतन्त्र लयमा फर्किँदै गरेको उल्लेख गर्दै ०८० असार मसान्तसम्म शोधनान्तर स्थिति दुई सय ९० अर्ब ५२ करोड रुपैयाँको बचतमा रहेको बताए। 

त्यस्तै, विदेशी विनिमय सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको उनको भनाइ थियो। त्यसैगरी, विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको जानकारी गराए।  

उनले वैदेशिक लगानी प्रवर्द्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउनेलगायतको कार्य अगाडि बढाइएको स्पष्ट पारे।