मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १२ मंगलबार
  • Wednesday, 15 January, 2025
२o८o भदौ १२ मंगलबार ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ

सिटिजन्स बैंकले बाँड्यो कम्पोस्ट बिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १२ मंगलबार ११:४१:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घर–घरमा कम्पोस्ट मल बनाउन सकिने कम्पोस्ट बिन वितरण गरेको छ ।बैंकको कोल्हुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, मध्यविन्दु–२, नवलपुरलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको हो । 

बैंकले एक समारोहमा कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र नेपाललाई बिन हस्तान्तरण गरेको जनाएको छ । कम्पोस्ट बिनको प्रयोगले उपभोक्तका भान्साघरमा प्रयोग भएका दैनिक उपभोग्य वस्तुबाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने जनाइएको छ । 

कम्पोस्ट बिनको प्रयोगले जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमताहरूमा भार कम गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम, तीन विस्तारित काउन्टर तथा ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।