१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एक वर्षदेखि ज्याला नपाएको भन्दै मजदुरले गरे विद्यालयमा तालाबन्दी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५६:oo

काम गरेको ज्याला नपाएको भन्दै नौगाड गाउँपालिका– २ तल्ला सुण्डमुण्डका मजदुरले विद्यालयमा तालाबन्दी गरेका छन् । एक वर्षअघि नै काम सम्पन्न भए पनि ज्याला भुक्तानी नभएको भन्दै उनीहरूले डाडाबाग आधारभूत विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको समपुरक बजेट तथा थप गाउँपालिकाले व्यहोर्ने गरी ५ पुस ०७८ मा विद्यालय भवन निर्माणका लागि सम्झौता भएको थियो । प्रदेश सरकारले दुईकोठे विद्यालय भवन बनाउने तथा थप एक कोठाको खर्च गाउँपालिकाले व्यहोर्ने गरी भवन निर्माण गरिएको थियो । भवन निर्माण २४ असार ०७९ मै सम्पन्न भइसकेको छ । प्रदेश सरकारको २५ लाख तथा जनश्रमदानसहित कुल ३३ लाख ७३ हजार रुपैयाँमा भवन निर्माण गर्नुपर्ने उल्लेख थियो । स्थानीय सरकारमा नयाँ नेतृत्व आएसँगै बजेट भुक्तानी भएको थिएन । गाउँपालिकाले तिर्नुपर्ने ६–७ लाख रुपैयाँ भुक्तानी नभएपछि बाध्य भएर ताला लगाउनु परेको स्थानीय वीरसिंह ठगुन्नाले बताए । ‘हामीले काम गरेको एक वर्षभन्दा बढी भइसक्यो,’ उनले भने ‘अहिलेसम्म रोकिएकै थियौँ ।’ तर, अझै पनि भुक्तानी हुने छाँटकाँट नदेखेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो । स्थानीय सरकारले चासो दिएर अनुगमन गरि भुक्तानी नदिए विद्यालयमा सधँै ताला गर्ने उनको भनाइ छ । 

मिस्त्री धनसिंह धामीले काम गरेको एक रुपैयाँ पनि नपाएको बताउँछन् । केही मजदुरले थोरैथोरै भए पनि प्रदेशको बजेटबाट भुक्तानी लिए आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ । ‘कहिलेसम्म भुक्तानी देऊ भनेर भनिराख्ने ? निर्र्माण समितिले दिने हो कि पालिकाले हामीले काम गरेको ज्याला पाउनुपर्छ भनेका छौँ,’ उनले भने ।

निर्माण समितिले मजदुरको मात्रै दुई लाखभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको समितिका सचिव काशीसिंह ठगुन्ना बताउँछन् । पालिकाले भुक्तानी नगर्दा समस्या भएको उनको भनाइ छ । वडा नम्बर– २ का अध्यक्ष नरेन्द्रसिंह ठगुन्ना गत वर्ष गाउँपालिकाले अनुगमन गरेर बजेट भुक्तानी दिएको भए विवाद नआउने बताउँछन् । आफूले निरन्तर दबाब दिएपछि कार्यपालिका बैठकले विद्यालयको अनुगमन मूल्यांकन गरी बजेट भुक्तानी गर्ने निर्णय भएको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले विद्यालय भवनको साथै घेरा पर्खाल लगाउनसमेत आग्रह गरेका थिए । तर, उपभोक्ताले पुरानो रकम भुक्तानी नभएको भन्दै पर्खाल लगाएका छैनन् । पालिकाले विद्यालयमा अनुगमन गराएर भुक्तानी प्रक्रिया खाता खुलेपछि गर्ने तयारी गरेको अध्यक्ष धामीको भनाइ छ । 

ad
ad