मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Tuesday, 17 December, 2024
२o८o भदौ ११ सोमबार o८:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चाँगुनारायण नगरपालिकाका २० घर पहिरोको जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार o८:o३:oo

 केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको चाँगुनारायण क्षेत्रका २० भन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त क्षेत्रको ताथली, झौखेल, सुडाल, बागेश्वरी, नगरकोटलगायतका क्षेत्रका घर जोखिममा परेको हो । 

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायण नगरपालिका–९, ताथली नालाछापका राजेन्द्र थापा, सुली पराजुली, रमेश पराजुली, अच्युत पराजुलीका घर पहिरोको उच्च जोखिममा परेका छन् । ताथली हनुमान चोकका तीन घर र ताथली सौडोलको गिरीटोलका ६ घर पहिरोको उच्च जोखिममा परेको नगरपालिकाले जनाएको छ । ताथली सौडोलकै देवी उच्च माध्यमिक विद्यालय पनि पोहिरोको जोखिममा परेको प्रमुख खत्रीको भनाइ छ ।

पहिरोको जोखिममा परेका घर संरक्षणका लागि नगरपालिकाले टोली खटाएको उनले जानकारी दिए । सूर्यविनायक–१०, चित्तपोलको बस्ती पनि पहिरोको जोखिममा परेको छ । नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाका अनुसार चित्तपोल, गुन्डु र सिफाडोल क्षेत्रका बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको जोखिममा परेका नौ घरका लागि पहिरो रोकथामका लागि सामग्री पठाइएको छ ।

सूर्यविनायककै घ्याम्पेडाँडा, रानीकोट सडकमा दैनिक पहिरो जाँदा रानीकोटका पर्यटकीय बस्ती जोखिममा परेका छन् । काभ्रेपलाञ्चोक, पनौती, कुशादेवीबाट आउने सडकमा सवारी आवागमन अवरुद्ध भएको होटेल व्यवसायी एवं भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले जानकारी दिए ।  रासस