Skip This
राजनीतिक अस्थिरता रोक्न राप्रपालाई समर्थन : सांसद सापकोटा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १० आइतबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १० आइतबार १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक अस्थिरता रोक्न राप्रपालाई समर्थन : सांसद सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार १७:४२:oo

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताएका छन्। 

आइतबार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बताएका हुन्। 

उनले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको बताएका छन्। उनले भने, ‘समग्र राजनीतिक परिस्थितिलाई बलियो बनाउने, अहिले अस्थिरता सिर्जना भइरहेको छ, यी सबै कुरालाई स्थिर बनाउने र असमझदारी हटाउँदै बलियो एकताको स्थिति बनोस् भनेरै यो समझदारी गरिएको छ। उहाँहरूले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्नुहुनेछ।’

सांसद सापकोटाले राजनीतिक वृत्तमा अहिले अस्थिरता सिर्जना भइरहेको बताए।