१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १५:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अरुण नदीको कटानले पहिराेकाे उच्च जोखिममा भोटखोलाका १७ घर 

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १५:o१:oo

लगातारको वर्षाले अरुण नदीमा बाढी आएपछि भोटखोला गाउँपालिकामा १७ घर र एक बालकेन्द्र विद्यालय जोखिममा परेका छन्।

भोटखोला गाउँपालिका– ५ स्थित कपासेमा रहेका १७ घर र एक बालकेन्द्र विद्यालय जोखिममा परेका हुन्। बाढीले माटो कटान गर्न थालेपछि अरुण नदीको तटीय क्षेत्रमा रहेको ती घर बाढीको जोखिममा परेको स्थानीय सञ्जय खालिङ राईले बताए। 

बिस्तारै माटो कटान गर्न थालेपछि खोलानजिक रहेको उत्तरबहादुर राईको घर गाउँलेहरू भेला भई भत्काएर सामान सुरक्षित ठाउँमा सारेका छन्। उनी दुवै मिर्गौला फेल भई काठमाडौंमा डायलाइसिस गराइरहेका छन् भने यता गाउँमा बाढीले घरै भत्काउने खतरा बढेको स्थानीय राईले बताए। 

उनको अनुसार स्थानीय गाउँले बलवीर खम्बु राई, श्यामकुमार राई, मनोज राई, बलबहादुर राई, राजकुमार राई, बिटिस राई, भविन राई, प्रेम राई, रेसकुमार राई, सुरेन्द्र राई, सनिता राई, चन्द्रबहादुर राई, सविन राई, भीमराज राई, गौदा राई, रानीमाया राईका गरी १६ घर बाढीको उच्च जोखिममा छ। त्यहाँ रहेको एक बालकेन्द्र विद्यालय समेत जोखिममा परेको स्थानीयको भनाइ छ ।

भोटखोला गाउँपालिका– ४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला– ५ कपासे गाउँ बाढीको जोखिममा परेको हो। कपासे गाउँमा १७ र एउटा बालकेन्द्र विद्यालयसमेत छ। भोटखोलाको ४ र ५ नम्बर वडा अरुण नदीले छुट्याएको छ। बाढीले माटो कटाउ गर्दा वारिपारि गर्ने झोलुङे पुलसमेत जोखिममा परेको छ। भोटखोला– ५ को तुङखालिङ, कपासे हुँदै गोलाबजार निस्कने मुख्य बाटो सोही झोलुङे पुल हो।

घटनास्थलमा गोला प्रहरी चौकीबाट प्रहरी टोली गई स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। प्रहरीले घटनाबारे बुझ्ने र अनुसन्धान गर्ने क्रममा रहेको संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले बताए। 

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले भोटखोला– ५ को कपासे गाउँ अरुण नदीमा बाढी बढेकाले जोखिम बढेको बताए। 

उनले दुई दिनदेखि लगातार बाक्लो वर्षा भइरहेको हुँदा भोटखोला– ५ को कपासे, वारिपट्टि गोलाबजारका स्थानीय र भोटखोला गाउँपालिकाको जोखिमयुक्त ठाउँहरूमा यात्रा नगर्न र सचेत रहन आग्रह गरिएको बताए। 

सम्भावित जोखिमयुक्त ठाउँहरूमा सहयोग र उद्धारमा खट्न भोटखोला ४ र ५ का वडाध्यक्षहरू र अन्यलाई सहयोग गर्न पालिका साथै सबैलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष भोटेको भनाइ छ। 

बर्खाको समयमा निरन्तर वर्षा भइरहेको हुँदा अरुण नदीको तटीय क्षेत्रमा पानीको सतह बढ्दा खतरा हुने भएकाले सतर्क रहन भोटखोला गाउँपालिकाले आग्रह गरेको छ ।

 तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका