१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ७ बिहीबार
  • Saturday, 21 September, 2024
२o८o भदौ ७ बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रा.डा. दलबहादुर अधिकारी एक सातादेखि बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ७ बिहीबार १७:११:oo

प्राध्यापक डा. दलबहादुर अधिकारी एक सातादेखि बेपत्ता भएका छन्। गत साउन ३२ गते बिहान करिब पौने ११ बजे काठमाडाैंको बुढानीलकण्ठस्थित पञ्चकन्या कोलनीबाट निस्किएका डा. अधिकारी बिहीबारसम्म पनि सम्पर्कमा आएका छैनन्।

अधिकारीकी बुहारी अनिता वाइबा अधिकारीका अनुसार उनलाई बिर्सने रोग (अल्जाइमर) थियो। ‘एक वर्षदेखि कोलनीको गेटभन्दा बाहिर एक्लै जानुभएको थिएन,’ अनिताले भनिन्, ‘त्यो दिन कोलनीभित्रै मर्निङ वाक गरेर चिया–नास्ता खाएर बस्नुभएको थियो। पछि अचानक हिँड्नुभएछ।’

सुगरको समस्यासमेत रहेका प्रा.डा. अधिकारीमा पछिल्लो समय बिर्सने रोग झनै बढेको थियो। लामो समय त्रिचन्द्र कलेज, काठमाडौं विश्वविद्यालय र अन्य प्राइभेट क्याम्पसहरूमा पनि उनले प्राध्यापन गरेका थिए।

केही वर्षअघिसम्म नेसनल कलेजमा अध्यक्ष रहेका अधिकारीलाई रोगले च्याप्दै गएपछि तीन वर्षअघि सो पद पनि छाडेका थिए। अधिकारी घरबाट निस्किएको थाहा पाएपश्चात् सोही दिनदेखि नै परिवारले खाेजी कार्य निरन्तर जारी राखेको छ।

नजिकै रहेको सिमली गाउँको सिसिटिभीमा अधिकारी देखिएको र केही व्यक्तिले मन्दिरमा टीका लगाउँदै गरेको देखेको बताएका थिए। यद्यपि, उनी अझै भेटिएका छैनन्।

अनिताका अनुसार घरबाट निस्किएको दिन प्रा.डा. अधिकारीले हल्का सेतो रङको सर्ट र खरानी रङको सुरुवाल लगाएका थिए। जन्मजात ओठ फाटेका अधिकारी गहुँगोरो वर्णका छन। उनलाई देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले अपिल गरेको छ।