१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

व्यापारीलाई कुटपिट गरेको भन्दै उद्योग वाणिज्य संघद्वारा जलेश्वर बजार बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३८:oo

मिटरब्याजीपीडित संघर्ष समितिको एक समूहले स्थानीय व्यापारी रूपेश साहमाथि कुटपिट गरेको भन्दै व्यवसायीहरूले बुधबार जलेश्वर बजार बन्द गरेका छन्। 

मंगलबार संघर्ष समितिले निकालेको र्‍यालीमा सहभागी एक महिलालाई साहको मोटरसाइकलले लागेपछि सामान्य भनाभन भएको थियो। विवाद कुटपिटमा परिवर्तन हुँदा स्थिति बिग्रँदै गएको र सोपछिको अवस्थामा समेत छलफल टुंगोमा नपुगेपछि जलेश्वर उद्योग वाणिज्य संघले बुधबार बजार बन्द गरेको हो।

संघका अध्यक्ष लवराज सिंहले बुधबार नै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने र थप आन्दोलनका कार्यक्रम तय गर्ने गरी साँझ ५ बजेसम्म बजार बन्द रहने निर्णय भएको जानकारी दिए। दिउँसो व्यापारीलाई कुटपिट गरेको आन्दोलनरत समूहले जिल्ला प्रशासन कार्यालयमा गएको वार्ता टोलीसँग समेत अभद्र व्यवहार गरेको बताए। 

हिजो राति नै प्रहरीले संघको कार्यसमिति सदस्य राकेश साहलाई नियन्त्रणमा लिई कुटपिट गरेको र आफूहरूको दबाबपछि मात्र छाडेको भन्दै दोषीहरूमाथि कारबाही नगरे आन्दोलन थप चर्काउने अध्यक्ष सिंहको चेतावनी छ।

यता मिटरब्याजीपीडित संघर्ष समितिका जिल्ला संयोजक पुरुषोत्तम अधिकारीले र्‍यालीमा सहभागीहरूसँग एक मिटरब्याजीको पक्षबाट लबिङ गर्न जिल्ला प्रहरी कार्यालय गएका व्यक्तिले विवाद निकालेको र अपमानित गर्ने शब्दहरू प्रयोग गरेपछि आन्दोलनमा सहभागी केही व्यक्तिले उनलाई लखेटेको स्विकारे। तर, ती व्यक्तिमाथि कुटपिट नगरेको दाबी गरे।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा समेत आफूहरूको पक्षबाट भूलवश भएको कार्यका लागि माफी माग्दासमेत राति आफूहरू फर्कने वेलामा केही मिटरब्याजी साहु र व्यापार संघका प्रतिनिधिबाट आफूहरूमाथि आक्रमण भएको अधिकारीले बताए। सो आक्रमणमा केन्द्रीय संयोजक मनोज पासमानमाथि हातपात भएको उनको भनाइ छ।

ad
ad