१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

चारदेशीय महिला क्रिकेट सिरिज : हङकङमाथि नेपालको सानदार जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२४:oo

नेपाली महिला क्रिकेट टोलीले मंगलबारदेखि मलेसियामा सुरु भएको चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला क्रिकेट सिरिजमा हङकङमाथि ६ विकेटले जित निकालेको छ । बायुमासमा पहिलो ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा ८४ रनमा अलआउट भएको थियो । सहज लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा चार विकेट गुमाउँदै जित निकाल्यो । नेपालको जितमा सीता रानामगरले उत्कृष्ट बलिङ गरेकी थिइन् ।

उनले पाँच विकेट लिएकी थिइन् । ब्याटिङमा नेपालकी सम्झना खड्काले ३६ बलमा सर्वाधिक ३६ रनको योगदान दिइन् । उनले पाँच चौका प्रहार गरिन् । ओपनर पूजा महतोले १८ बलमा १६ रन जोडिन् । लक्ष्य पछ्याउँदा ओपनर बिन्दु रावल शून्यमै आउट भएकी थिइन् । तेस्रो क्रममा ब्याटिङ गरेकी इन्दुले १३ बलमा नौ रन बनाइन् । कप्तान रुबिना क्षेत्रीले २० बलमा एक चौकासहित १० रन बनाइन् । सीता रानामगरले आठ बलमा दुई रन जोडिन् । हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बिबीले समान एक विकेट लिए ।

हङकङको ब्याटिङमा कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरेकी हुन् । उनलाई नेपालकी कप्तान रुबिनाले बोल्ड आउट गरिन् । डोरोथिया चानले ३३ बलमा १६ रन बनाइन् । नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए । कविताले चार ओभर बलिङ गरेर एक मेडनसहित १८ रन खर्चिन् ।

पूजा महतोले डेब्यु खेलमा तीन ओभर बलिङ गर्दै एक मेडनसहित पाँच रन खर्चिइन् । वायुमास स्पोर्टस् एन्ड इभेन्ट कम्प्लेक्समा हङकङविरुद्धको खेलमा पावर प्लेको दोस्रो ओभरमा पूजाले डेब्यु गरेकी हुन् । कप्तान रुबिनाले दुई ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । इन्दु बर्माले २.१ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट लिएकी थिइन् । 

हङकङविरुद्ध नेपालको रेकर्ड
नेपालले सन् २०१९ यता हङकङलाई हराउन सकेको थिएन । गत जुनमा भएको इमर्जिङ कपमा नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित हुँदा रद्द भएको थियो । २०१९ मा टी–२० विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो । सन् २०२१ मा भएको टी–२० विश्वकप एसिया क्वालिफायरमा नेपाल हङकङसँग पराजित भयो । गत वर्ष एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको थियो । 

विश्वकप छनोटको तयारी
३१ अगस्टदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप चारदेशीय टी–२० सिरिज भइरहेको हो । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–२० विश्वकप खेल्नेछन् । नेपालले पहिलो खेलमा ३१ अगस्टमा मलेसियाको सामना गर्नेछ । १ सेप्टेम्बरमा नेपालको भेट बहराइनसँग हुनेछ । नेपालले ३ सेप्टेम्बरमा भुटान र ४ सेप्टेम्बरमा कतारविरुद्ध खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले ६ सेप्टेम्बरमा युएईविरुद्ध खेल्नेछ । 

ad
ad