१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ५ मंगलबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘संसद्को अवरोध हटाउन सभामुख र अध्यक्षले भूमिका खेल्न सकेनन्’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार १७:o५:oo

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसद्को अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको आराेप लगाएका छन्। 

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले संसदमा भइरहेको अवरोध हटाउनका लागि सभामुख र राष्ट्रिय सभा सदस्यले भूमिका खेल्न नसकेको आराेप लगाएका हुन्। 

उनले संसदमा भइरहेको अवरोध हटाउने जिम्मेवारी सम्बन्धित सदनको अध्यक्षको हुने दाबी गरे। संसद्को अवरोध हटाउन सरकार सहयोगी हुने भए पनि सरकारले भूमिका खेलेन भन्ने गरिएकोप्रति असन्तुष्टि पाेखे। 

कसैलाई मन लाग्दैमा जस्तोसुकै बोल्ने गरिएको र संसद् अवरोध गर्ने गरिएको भन्दै संविधान निर्माण गर्ने र नीति, कार्यक्रम पास गर्ने थलो यस्तै हुन्छ? भन्दै प्रश्न गरे।

जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शकीय सिद्धान्त मान्नेहरूले संसद् अवरोध गरिरहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्तले यही भन्छ भन्दै प्रश्न गरे। 

उनले शून्य समय र विशेष समयमा बोल्ने कुरालाई बैठकको कार्यसूचीमा उल्लेख नगर्ने गरेकोप्रति असन्तुष्टि जनाउँदै यसलाई पनि बैठकको कार्यसूचीमा उल्लेख गर्नुपर्ने माग गरे।