१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ५ मंगलबार १५:२o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला टी-२० आई सिरिजमा नेपालको विजयी सुरुवात 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार १५:२o:oo

चार देश सम्मिलित महिला टी–२० आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ।

नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो। डेब्यु खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन्। उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेटसमेत लिइन्। 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १५.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। 

नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन्। उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्काइन्। यस्तै, पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलवासेले १० रनको योगदान दिइन्। हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो। 

यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलवासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन्। 

हङकङले १९.१ ओभरमा सबै विकेटको क्षतिमा ८४ रन मा बनायो। हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेनन् । हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो।   

बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन्। उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन्। सीता प्लेयर अफ दी म्याच भइन्। यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलवासेले एक–एक विकेट लिए। 

महिला टी–२० आई सिरिजअन्तर्गत आजै भएको अर्को खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको छ। 

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–२० आई सिरिज खेलिरहेका छन्। यही अगस्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेलिरहेको छ।