१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ५ मंगलबार १३:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला टी-२० आई सिरिज : नेपालसामु जितका लागि ८५ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार १३:५८:oo

हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ। मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको हो।  

चार देश सम्मिलित महिला टी–२० आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलवासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन्।

हङकङले १९.१ ओभरमा सबै विकेटको क्षतिमा ८४ रन बनाएको हो। हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेनन्। हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो।   

बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन्। उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन्। यस्तै, इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलवासेले एक–एक विकेट लिए। 

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले ६ ओभरमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ। पूजा महतो १३ तथा सम्झनाकुमारी खड्का ११ रन बनाएर मैदानमा छन्। 

नेपाली टोलीमा कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य छन्। 

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–२० आई सिरिज खेलिरहेका छन्। यही अगस्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरूप नेपालले उक्त सिरिज खेल्न लागेको हो।