१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ ५ मंगलबार ११:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको बैठक सर्‍यो, दिउँसो सवा ३ बजे बस्ने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ ५ मंगलबार ११:४८:००

राष्ट्रिय सभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ः१४ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घन्टा ढिला सारिएको उल्लेख छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ । विगत एक महिनादेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संघीय संसद्को दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित हुने गरेको छ ।