१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Friday, 09 May, 2025
२o८o भदौ ३ आइतबार १३:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल सितोरियो कराँते संघ मधेस प्रदेशको अध्यक्षमा ठाकुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार १३:५२:oo

नेपाल सितोरियो कराँते संघ मधेस प्रदेशको प्रथम अधिवेशनबाट रामचन्द्र ठाकुर अध्यक्षमा निर्वाचित भएका छन्। सिराहाको मिर्चैयामा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा जिवछ भगत, बाबुकाजी खड्का र श्रीराम साह कानु निर्वाचित भएका हुन्।

यस्तै, सचिवमा कसम लामा, कोषाध्यक्ष  हेमकुमार हेन्जन, सहसचिव, रोशनलाल कर्ण र सदस्यहरूमा अरुण राई, वीरेन्द्रलाल कर्ण, शंकरबहादुर राजलवट, विष्णुकुमार साह, एम पूर्वाछाने, प्रधुमन सिंह, इन्द्रसागर गुप्ता, सरला रखाल, अमित भोलन, राजु साह सोनार र निश्चल सिंह निर्वाचित भएको निर्वाचन अधिकृत राजेशकुमार गुप्ताले जानकारी दिए। 

नेपाल कराँते महासंघका महासचिव तथा नेपाल सितोरियो कराँते संघका अध्यक्ष धावा गुरुङको उपस्थितिमा नेपाल सितोरियो कराँते संघ मधेस प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको थियाे।