१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Friday, 09 May, 2025
२o८o श्रावण ३२ बिहीबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र लुम्बिनीले तीन चरणमा अभियान चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १४:४६:oo

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले तीन चरणमा ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ।

पहिलो चरणमा आन्तरिक तयारीलाई भदौ १–१५ भित्र सम्पन्न गर्ने, दोस्राे उद्घाटन र वार्मअफलाई भदौ  १६–२५ भित्र सम्पन्न गर्ने र तेस्रो चरणमा निरन्तरता र उत्कर्षलाई भदौ २६ देखि मंसिर १५ मा सम्पन्न गर्ने निर्णय भएको छ।

लुम्बिनी प्रदेश कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उद्देश्य तय गरी कार्यविधि निश्चित गरेको पार्टीका केन्द्रीय सदस्य जगप्रसाद शर्माले बताए।

प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता र केन्द्रीय सचिव प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेकोे बैठकले १२ जिल्लाका एक सय नाै पालिकामा पार्टी संगठन सुदृढ गर्ने, नाै सय ८३ वडाहरूमा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, हजारौँ पार्टी सदस्यलाई परिचालन गर्ने र लाखौँ जनतामा पुग्ने अभियानमा प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू आफ्नो जिल्लाबाट अर्को जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने निर्णय भएको छ।

त्यस्तै, प्रदेश सदस्यहरूले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने, अभियानमा पार्टीका सबै संरचनाहरूलाई परिचालन गरी ‘घरघरमा माओवादी जनजनमा माओवादी’को नारालाई सार्थक बनाइनेछ।

अभियानका लागि दाङको संयोजकमा स्थायी समिति सदस्य जयपुरी घर्ती,  प्युठानको संयोजकमा निर्मल आचार्य, रुकुम पूर्वको संयोजकमा कमला रोका, रोल्पामा पूर्ण घर्ती, गुल्मीमा जोखबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्कालाई जिम्मा दिइएको छ।

त्यस्तै, नवलपरासी पश्चिममा हकिकुल्ला खाँ, रुपन्देहीमा गणेशमान पुन, कपिलवस्तुमा महेश्वर गहतराज, बाँकेमा कुलप्रसाद केसी र बर्दियामा पूर्णकुमारी सुवेदीलाई संयोजक तोकिएको छ। त्यस्तै, जगप्रसाद शर्माको नेतृत्वमा अनुगमन तथा प्रशिक्षणको टिम निर्माण गरिएको छ।