१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २१:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एएफसी कप छनोटबाट बाहिरियो मच्छिन्द्र, मोहन बगानसँग ३–१ ले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:५५:oo

मच्छिन्द्र फुटबल क्लब एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ । भारतको कोलकातास्थित साल्टलेक रंगशालामा आज साँझ भएको दोस्रो प्लेअफमा भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएसँगै मछिन्द्र बाहिरिएको हो । 

मोहन बगानसँग कमजोर प्रदर्शन गरेको मच्छिन्द्रले ३–१ को हार ब्यहोर्यो । मोहन बगानका लागि अनवर अलीले दुई तथा सेसन कमिग्सले एक गोल गरे । मच्छिन्द्रको तर्फबाट मेसुके ओलोमोउले गोल फर्काए । 

खेलको पूरै अवधिभर सबै क्षेत्रमा मच्छिन्द्र कमजोर देखिएको थियो । गोलरक्षक विशाल श्रेष्ठले केही उत्कृष्ट बचाउहरू गरेकाले खेल ३–१ को अवस्थामा टुंगिएको हो । 

मच्छिन्द्रले गत साता काठमाडौंस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानको पारो एफसीलाई ३–२ गोलले हराई मोहन बगानसँगको भेट पक्का गरेको थियो । 

ad
ad