१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३१ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३१ बुधबार १३:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘संघीय निजामती सेवा ऐन एक हप्ताभित्र संसदमा पेस हुन्छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३१ बुधबार १३:५९:oo

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ताभित्र संसदमा पेस गर्ने बताएका छन्।

उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐनलगायतका ऐनहरूको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी गरे। 

नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुने गरी सो ऐन ल्याउने आश्वासनसमेत दिए। 

मुलुकको अर्थतन्त्रको सीमालाई ध्यानमा राखेर आफ्ना माग राख्न कर्मचारीलाई पनि पटकपटक सचेत गराएकाे बताउँदै उपप्रधानमन्त्री खड्काले मुलुकमा विद्यमान समस्या सरकार र सम्बन्धित पक्षको साझा समस्या भएकाले समाधानका लागि पनि दुवै पक्षबीच साझा पहल हुनुपर्ने आवश्यकता रहेको औँल्याए। 

मुलुकको अर्थतन्त्र ओरालो लागेका वेला कर्मचारीहरूले पनि आफ्नो माग सरकारसमक्ष थुपार्न नमिल्ने उनको भनाइ थियो।