१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण ३१ बुधबार ०९:१८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुकुमबासी समस्या समाधानको प्रयास निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण ३१ बुधबार ०९:१८:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । तिनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौं उपत्यकामा सुकुमबासी व्यवस्थापनबारे प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । 

काठमाडौं महानगरका मेयर बालेन्द्र साह, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र मन्त्रीहरूको सहभागितामा मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक महत्वका विषयको दीर्घकालीन अर्थ हुने र त्यस्ता विषयमा सबैभन्दा बढी ध्यान दिनुपर्ने बताए । उनले भने, ‘एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्यत्र सार्ने र समस्याबाट उम्किने काम कसैले पनि गर्नुहुँदैन । त्यसतर्फ ध्यान दिनुहोस् ।’

बैठकमा तिनकुनेको अधिग्रहण गरिएको जग्गा नेपाल सरकारको नाममा आइसकेको परिस्थितिमिा पनि मुआब्जा र समस्या समाधान हुन बाँकी रहेकाले त्यसको दीर्घकालीन समस्या समाधान कसरी गर्ने एवं तिनकुने–जडीबुटी अन्डरपासको काम कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । सो क्रममा काठमाडौं उपत्यकाको सुकुमबासी समस्या समाधानका लागि भएका प्रयास र त्यसलाई निष्कर्षमा पुर्‍याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न विकल्पबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साह, काठमाडौं महानगरका मेयर साह, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिव उपस्थित थिए ।