१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय राजदूतावासमा मनाइयो ७७औँ स्वतन्त्रता दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:o३:oo

काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औँ स्वतन्त्रता दिवस मनाएको छ।

भारतको स्वतन्त्रताको ७५ वर्षलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’कै एक हिस्साको रूपमा दूतावासले स्वतन्त्रता दिवस मनाएको हो। 

लैनचौरमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा झन्डाेत्तोलन गरे। राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरे।

कार्यक्रममा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत भएको दूतावासले जनाएको छ। राष्ट्रपतिले सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरूले गरेका बलिदानको स्मरण गर्दै हाल भारतले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे चर्चा गरिन्।

राष्ट्रपतिले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको उल्लेख गर्दै विकास एवं मानवीय लक्ष्यलाई विश्वभर प्रवर्द्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको पनि बताइन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी– २० को अध्यक्षताबारे चर्चा गरेकी थिइन्।

दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम् नातेदारलाई पाँच करोड ३३ लाख रुपैयाँ वितरण गरेको थियो। कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले प्रस्तुतीकरण दिएका थिए। 
 

ad
ad