१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने दोब्बर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३४:oo

पछिल्लो समय विभिन्न कारणले बिदेसिनेको संख्या बढिरहेको छ । अध्ययन तथा रोजगारको सिलसिलामा विदेश जान चाहनेले धमाधम राहदानी बनाइरहेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार नागरिकताभन्दा राहदानी लिने संख्या पाँच हजारभन्दा बढी छ । 

गुल्मी प्रशासनले बुधबार सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष ०७९/८० मा वंशज, वैवाहिक अंगीकृत र जन्मका आधारमा गरेर १० हजार तीन सय ५५ जनाले नागरिकता बनाएका छन् । यही अवधिमा १५ हजार ८६ जनाले राहदानी बनाएका छन् । राहदानी बनाउने पछिल्लो तीन वर्ष दोब्बरले वृद्धि भइरहेको छ । प्रशासन कार्यालयमा सबैभन्दा बढी राजस्व संकलन नै राहदानी दस्तुरबाट भएको छ ।

गत वर्ष राहदानीबाट सात करोड ३१ लाख ९० हजार राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ०७८/७९ मा तीन करोड ७१ लाख ६७ हजार पाँच सय र आर्थिक वर्ष ०७७/७८ मा एक करोड ४५ लाख ४२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । 

आर्थिक वर्ष ०७८/७९ मा सात हजार चार सय नौ र आर्थिक वर्ष ०७७/७८ मा दुई हजार चार सय २६ जनाले राहदानी बनाएको सूचना अधिकारी गैरेले बताए । उनका अनुसार अहिले राहदानी नवीकरण नभई नयाँ नै जारी हुने गरेको छ । नागरिकता आर्थिक वर्ष ०७८/७९ मा १३ हजार ६ सय १७ र आर्थिक वर्ष ०७७/७८ मा आठ हजार एक सय ८३ बनेका थिए ।

नागरिकतातर्फ नयाँको आधाभन्दा बढी संख्याले प्रतिलिपि बनाउने गरेको देखिएको छ । यसबाट नागरिक नागरिकताप्रति गैरजिम्मेवार देखिएका छन् । गत वर्ष १० हजार तीन सय ५५ जनाले नयाँ नागरिकता प्राप्त गर्दा ६ हजार चार सय ५१ जनाले प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए । ‘विगतदेखि नै प्रतिलिपि लिनेको संख्या धेरै छ । यो राम्रो सन्देश पक्कै होइन,’ उनले भने, ‘नागरिकता सुरक्षामा सबैजना जिम्मेवार बन्नुपर्छ ।’ गैरेले नागरिकतासँगै राहदानी बनाउने प्लस टु पढेका धेरै भएकाले जिल्ला तथा देशलाई फाइदा नहुने बताए ।

जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण न्यून देखिएको छ । गत वर्ष १८ हजार एक सय ८३ जनाले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका छन् । जसमा सात सय २५ जनालाई वितरण गरिएको छ । आर्थिक वर्ष ०७८/७९ मा नयाँ दर्ता एक लाख ८० हजार चार सय ३२ हुँदा ७५ र आर्थिक वर्ष ०७७/७८ मा १७ हजार सात सय ३८ नयाँ दर्ता हुँदा ६८ जनालाई वितरण गरिएको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए । 

ad
ad