Skip This
सुन तस्करीको अनुसन्धानमा दोहोरो चरित्र देखियो : कमल थापा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Saturday, 27 July, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २८ आइतबार १८:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन तस्करीको अनुसन्धानमा दोहोरो चरित्र देखियो : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १८:४६:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुन तस्करीको अनुसन्धानमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। 

पार्टीनिकट ट्रेड युनियन महासंघ (टुकोन) को आइतबार भएको जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले सरकारले प्रधानमन्त्री र गृहमन्त्रीले सुन तस्करीमा जोडिएका माओवादी पार्टीका नेतालाई जोगाउने र अन्यलाई मात्र समाउने दोहोरो चरित्र देखाएको बताएका हुन्। 

‘माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराको संलग्नताबारे सप्रमाण तथ्य सार्वजनिक हुँदासमेत उनीहरूलाई छानबिनको घेरामा नल्याउनुले प्रधानमन्त्री र गृहमन्त्रीको  नियतमाथि प्रश्न उठेको छ,’ पूर्वगृहमन्त्री थापाले भने, ‘वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा राम्रो काम गरेकाले प्रशंसा भइरहेका वेला यस्तो दोहोरो चरित्र देखाउनुहुँदैन। सरकारले यो प्रश्नको निराकरण गर्नुपर्दछ।’

उनले पोखराको पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको शालिक हटाउनु गलत भएको पनि बताए। ‘पृथ्वीचोकबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक हटाएर पहिले नै गलत काम भएको थियो,’ उनले भने, ‘पछि सचेत नागरिकहरूले राखेको तस्बिर हटाउनु अर्को गल्ती भएको छ। सम्बन्धित निकायले समन्वय गरी पृथ्वीचोकमा राष्ट्रनिर्माताको  र उपयुक्त ठाउँमा सहिद लखन थापाको शालिक राख्ने व्यवस्था गरोस्।’

कार्यक्रममा संगठनका अध्यक्ष हिक्मतजंग भण्डारीले टुकोनको बर्दिया जिल्ला संयोजकमा महेश थारू र निर्माण श्रमिक अध्यक्षमा काशी चौधरी मनोनयन भएको जानकारी दिए।