१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २७ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २७ शनिबार १o:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वच्छ वातावरणको लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २७ शनिबार १o:४१:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन्। शनिबार नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको र्‍यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे। उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युत् प्राधिकरणले महत्वपूर्ण योगदान गरेको छ। स्वच्छ वातावरणको लागि विद्युतीय सवारीसाधनको प्रयोगका साथै सम्पूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ।’ उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय नेपाल विद्युत् प्राधिकरणले भदौ १ गते आफ्नो ३८औँ वार्षिकोत्सव मनाउँदै छ। सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ।