१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २४ बुधबार १५:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन गरे छानबिन भाँडिन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार १५:५२:oo

राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सुन तस्करीमा उच्चस्तरीय समिति गठन गरे अहिलेको छानबिन भाँडिने बताएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले उच्चस्तरीय समिति गठन गरिएपछि प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने र त्यसले गर्दा नयाँ सरकार गठनमा लाग्ने भएकाले छानबिन नै भाँडिने बताएका हुन्। 

सांसद गौतमले भने, ‘उच्चस्तरीय छानबिन आयोग बनाउने प्रस्ताव आएको छ। त्यसमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री पनि संलग्न हुनुहुन्छ, त्यसकारण उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ भनेर यहाँ पनि सांसदहरूले बोल्नुभयो। हिजो प्रतिनिधिसभामा पनि कतिपय माननीयहरूले बोल्नुभयो। क्षेत्राधिकार कहाँसम्म पुग्ने भन्ने हुन्छ। त्यहाँ प्रधानमन्त्री, अर्थतमन्त्री, गृहमन्त्रीसम्म प्रवेश गर्न अधिकार माग उठ्छ। प्रधानमन्त्रीलाई निलम्बन गर्ने व्यवस्था छैन, प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ। राजीनामा गरेपछि अर्को प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु हुन्छ। जसले यो छानबिनलाई ओझेलमा पार्छ।  त्यसले कामै गर्न सक्ने स्थिति उत्पन्न हुन्न।’ 

उच्चस्तरीय छानबिन समिति गठन गरिए अहिले भइरहेको अनुसन्धान र छानबिन अघि बढ्न सक्ने स्थिति नरहने गौतमको ठम्याइ छ।