१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० श्रावण २४ बुधबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रोगेसिभ एजुकेसनल फोरम चाबहिलले गायन तथा नृत्य  प्रतियोगिता गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० श्रावण २४ बुधबार ११:४०:००

सोह्रौँ वार्षिक समारोहको अवसरमा  प्रोगेसिभ एजुकेसनल फोरम चाबहिलले उक्त फ‍ोरमभित्र आवद्ध संस्थागत  विद्यालयको संयुक्त आयोजनामा गायन तथा नृत्य प्रतियोगीता आयोजना गर्ने भएको छ । आउने शुक्रबार फोरमले एसईई सम्मानका साथै गायन तथा नृत्य प्रतियोगीता गर्ने भएको हो । 

उक्त छाता संगठनभित्र आवद्ध विद्यालयमा शैक्षिक र अतिरिक्त कार्यक्रमलाई उकास्न फोरमले विद्यालयबिच वर्षभरि हस्तलेखन,कविता,वक्तृत्वकला,चित्रकला,वादविवाद, नेपाली र अंग्रेजी हिज्जे ,कथावाचन,बास्केटवल,फुटवलजस्ता  विविध किसिमका प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम गर्दै आएको छ । 

उक्त कार्यक्रममा वरिष्ठ गायक,तथा संगीतकार  दीप श्रेष्ठलाई अभिनन्दन गरिँदै छ भने उक्त फोरमभित्रका विद्यालयमा लामो समयदेखि  अध्यापन गर्ने र कार्यरत कर्मचारीहरूलाई दीर्घकालीन सेवा सम्मान,अनि एसईई सम्मान,  गायन र  नृत्य प्रतियोगिता सफल र विजयी विद्यालय र विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिने फोरमले जनाएको छ ।