१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रामकृष्ण थापा काठमाडाैं
Invalid date format o६:३१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चौतारा रंगशालाको निर्माणकार्य तीन वर्षमा ३५ प्रतिशत मात्रै

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३१:oo

चौतारा रंगशालाको निर्माण तीन वर्षभित्र पूरा हुनुपर्ने हो । तीन वर्षमा रंगशालाको निर्माणकार्य केवल ३५ प्रतिबत मात्र सम्पन्न भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको भैँसेपाटीस्थित सार्वजनिक निर्माण कार्यान्वयन इकाइ र सुनकोसी गिरी ज्याइन्ट भेन्चर निर्माण कम्पनीबीच २३ असार ०७७ मा रंगशाला बनाउने ठेक्का सम्झौता भएको थियो । 

निर्माण कम्पनीले २० करोड ९२ लाख २६ हजार नौ सय दुई रुपैयाँमा ठेक्का लिएको चौतारा रंगशालाको निर्माण तोकिएको समय गुज्रिसक्दा ३५ प्रतिशत मात्रै सम्पन्न भएको जनाएको छ । यद्यपि, अहिले जति निर्माण भएको छ, त्यो मापदण्डअनुसार छैन । रंगशालाको डिजाइन अहिलेसम्म पाँचपटकसम्म फेरिएको छ । प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि ३५ करोड विनियोजन भएको थियो । सार्वजनिक निर्माण कार्यान्वयन इकाइले न्यूनतम मूल्यमा ठेक्का सम्झौता गरेको हो । 

बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल सामाजिक विकासमन्त्री हुँदा रंगशाला निर्माण योजना सम्झौता भएको हो । ठेकेदारले समयमा काम पूरा गर्न नसकेपछि प्रदेश सरकारले एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्न निर्देशन दिएको छ । तर, थप एक वर्षभित्र पनि चौतारा रंगशालाले पूर्ण आकार लिनेछैन ।

रंगशाला निर्माणका लागि सुनकोसी–गिरी ज्वाइन्ट भेन्चरले २० करोड ९२ लाख २६ हजार नौ सय दुई रुपैयाँको ठेक्का तीन वर्षमा सक्नुपर्ने सम्झौता, तर, ३५ प्रतिशत मात्रै निर्माण

 

रंगशालाको उत्तर–पश्चिमतिर अहिलेसम्म जग राख्ने काम भएको छैन । ‘एक वर्षभित्र निर्माण सक्न ठेकेदार कुमार गिरीलाई हामीले निर्देशन दिएका छौंँ,’ मन्त्री दुलालले भने । सरकारले पछिल्लोपटक दिएको समयमा काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाही गरिने उनले चेतावनी दिए । ठेकेदार गिरीसँग सम्पर्क गर्न खोज्दा आएनन् । वेलावेलामा नक्सा र डिजाइन परिवर्तन गर्ने, सम्पन्न भएको कामको भुक्तानी समयमा नदिने र निर्माण सामग्रीको मूल्यवृद्धि भएकोले कम्पनी समस्यामा परेको फिल्डमा रहेका प्रतिनिधि शिव घलेले बताए ।

निर्माण सामग्री अव्यवस्थित 
रंगशाला निर्माणकार्यमा प्रयोग भइरहेका सामग्री अव्यवस्थित रूपमा छरिएका छन् । मैदानभित्र र बाहिर खिया लागेको फलामे रडको थुप्रो र हिलाम्मे जमिन देख्न सकिन्छ । खेलकुद र स्थानीयको जमघटका लागि प्रयोग हुँदै आएको टुँडिखेल तीन वर्षयता निर्माणजन्य टुक्राटाक्री सामग्रीले भरिएको छ । बिहान–बेलुका फुटबल र भलिबल खेल्न आउने स्थानीय खेलाडी टुँडिखेलको अवस्था देखेर दुःखी छन् । 

निर्माण क्षेत्र वरपरका सामग्री हेर्दा रंगशाला कमजोर देखिन्छ । दुईवटा रंगशालाका छानो नभएकाले लेउ लागेर भत्कन थालेका छन् । त्यसमा लगाइएको रङ खुइलिएको छ । वाल फुटेको छ । तीन वर्षअघि ल्याएर हिलाम्मे चउरमा राखिएका फलामका रड खियाले मक्किएर राताम्मे भएका छन् । यस्ता निर्माण सामग्री प्रयोग गरेर बनेको रंगशाला कमजोर हुने स्थानीय बताउँछन् ।