१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २२ सोमबार o८:२३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जारको पानी बिक्रीमा गम्भीर लापरबाही : शुद्धता यकिन गरेर मात्र जारको पानी खरिद गर्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार o८:२३:oo

काठमाडौं उपत्यकामा बिक्री हुँदै आएको जारको पानीमा गम्भीर लापरबाही र त्रुटि फेला परेको छ । काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आइतबार गरेको अनुगमनका क्रममा यस्तो पानी व्यवसायमा गम्भीर लापरबाही र त्रुटि फेला परेको हो । 

अनुगमनका क्रममा संकलित पानी गुणस्तर परीक्षणका लागि पठाइएको र परीक्षणपछि थप तथ्य पुष्टि हुने महानगरले जनाएको छ । महानगरका मेयर बालेन्द्र साहले संकलित नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको र यसबाट प्राप्त नतिजाका आधारमा जारको पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुने जनाएका छन् । ‘बर्खायाममा पानीजन्य रोगको संक्रमण दर उल्लेख्य हुने गरेको छ ।

वितरण प्रणालीबाट आएको पानीमा भन्दा जारको पानीमा विश्वास गरेर सहरवासीले किनेर पिउने तथा दैनिक व्यवहारमा प्रयोग गर्ने गरेका छन् । शुद्धताका लागि पैसा तिरेर किनेको पानीको जारमा लेबल नहुनु, उत्पादन मिति उल्लेख नहुनु, जार फोहोर र कुच्चिएको हुनु आदिले यसभित्रको पानीको गुणस्तरमा शंका गर्नुपर्ने भएको छ । यो पानी घरघरमा, होटेल तथा रेस्टुरेन्टमा सीधै प्रयोग गर्ने गरिएको छ ।

पिउन तथा काँचै खाइने तरकारी तथा फलफूल पखाल्न प्रयोग हुने गरेको छ,’ बालेनले सामाजिक सञ्जाल फेसबुकका लेखेका छन् । उनले उपभोक्तालाई पानीको शुद्धता यकिन गरेर मात्र जारको पानी खरिद गर्न, जार किन्दा उत्पादक, जारको सिलजस्ता गुणस्तर मापन गरिने पक्ष हेरेर मात्र खरिद गर्न आग्रह गरेका छन् ।उनले व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएका छन् ।