१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
एजेन्सी
२o८१ बैशाख २२ शनिबार १o:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

भ्रष्टाचार अभियोगमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२४:oo

तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ जरिवाना

भ्रष्टाचार अभियोगमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । भ्रष्टाचारको अभियोगमा इस्लामाबादस्थित एक अदालतले तीन वर्षको सजाय सुनाइएलगत्तै शनिबार लाहोरस्थित आफ्नै घरबाट खान पक्राउ परेका हुन् । पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफका विशेष सहायक अताउल्लाह तरारले खानको पक्राउबारे पुष्टि गर्दै भने, ‘मैले खानलाई पक्राउ गरिएको जानकारी पाएको छु ।’ उनलाई एक लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ । आफूमाथिका आरोप खानले अस्वीकार गर्दै आएका छन् । इस्लामाबादस्थित एउटा अदालतले राज्यका उपहार बिक्री गर्दा आफूलाई प्राप्त फाइदा घोषणा नगरेको भन्दै उनलाई दोषी ठहर गरेको हो । न्यायाधीशले खानलाई तत्काल पक्राउ गर्न आदेश दिएका थिए । 

‘न्यायाधीश हुमायु दिलावरले पूर्वप्रधानमन्त्री खानको भ्रष्टाचारमा संलग्नता रहेको ठहर भएको आदेश सुनाएका छन्,’ पाकिस्तानी टेलिभिजनले जनाएको छ । फैसलालगत्तै प्रहरीले लाहोरस्थित खानको घरमा पसेर उनलाई पक्राउ गरेको थियो । पक्राउ पर्नुअघि रेकर्ड गरिएको एउटा भिडियो सन्देश सामाजिक सञ्जाल एक्समा रहेको खानको अकाउन्टबाट सार्वजनिक भएको थियो । त्यसमा उनले भनेका छन्, ‘मेरो केवल एउटा अपिल छ, चुप लागेर घरमा नबस्नुस् ।’ खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)को आपत्कालीन बैठकले पार्टी अध्यक्षले गरेको आह्वानअनुसार देशव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेको छ । गत वर्ष अविश्वासको प्रस्तावमा सत्ताच्युत भएयता पूर्वअन्तर्राष्ट्रिय क्रिकेटरसमेत रहेका खानले आफूविरुद्धको सजाय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका थिए । शनिबार सजाय सुनाइँदा उनी अदालतमा उपस्थित भएका थिएनन् । 

गत मे महिनामा खानलाई इस्लामाबादमा भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो र केही समयका लागि हिरासतमा राखिएको थियो । पूर्वप्रधानमन्त्री खानको पक्राउलाई लिएर उनको पिटिआई पार्टीका समर्थक सडकमा ओर्लिएका थिए र प्रहरीसँग झडप गरेका थिए । 

दलको आन्दोलनको दबाबपछि तीन दिन हिरासतमा बसेपछि रिहा भएका पिटिआई अध्यक्षलाई पक्राउ गरिएको हो । शनिबार उनलाई पक्राउ गरिएको मुद्दा सहयोगीमार्फत् प्रधानमन्त्री हुँदा भएको लेनदेनमा केन्द्रित छ । खानको कानुनी टोलीले तत्काल अपिल दायर गर्ने बताएको छ । टोलीका एक सदस्यले भने, ‘मुद्दामा साक्षीलाई उपस्थित गराउने कुनै मौका दिइएको थिएन, न त बहसका लागि समय दिइएको थियो । हामी फैसलाविरुद्ध पुनरावेदन गर्नेछौँ ।’

खानले लामो समयदेखि यस वर्षको अन्त्यअघि हुने निर्वाचनमा भाग लिन नदिन आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको बताउँदै आएका थिए । पाकिस्तानमा आगामी दुई हप्तामा संसद् विघटन हुने सम्भावना छ र नोभेम्बरको मध्य वा त्योभन्दा अघि नै राष्ट्रिय निर्वाचन हुनेछ । पाकिस्तान चुनाव आयोगका वकिल अमजद परवेजले अदालतको फैसलासँगै खान पाँच वर्षसम्म चुनावमा भाग लिन अयोग्य बन्ने बताएका छन् ।  खान सन् २०१८ मा लोकप्रिय समर्थनको लहर, भ्रष्टाचारविरोधी घोषणापत्र र शक्तिशाली सैन्य प्रतिष्ठानको समर्थनमा सत्तामा पुग्न सफल भएका थिए । गत वर्षको अप्रिलमा विश्वासको मत गुमाउँदा विश्लेषकहरूले उनले शीर्ष जनरलहरूको समर्थन गुमाएका कारण पदच्युत गरिएको बताएका थिए ।

सन् २०२२ को अक्टोबरमा पाकिस्तानको निर्वाचन आयोगले खानलाई अर्को पाँच वर्षका लागि चुनाव लड्न अयोग्य ठहर्‍याएको थियो । आयोगले खानले सत्तामा रहँदा तोसाखाना (सरकारी स्वामित्वको एक विभाग) बाट पाएका उपहारबारे अधिकारीलाई सही जानकारी नदिएको जनाएको थियो । खानमाथि प्रधानमन्त्री पदमा रहँदा उनले व्यक्तिगत फाइदाका लागि महँगो उपहार बेचेको विपक्षीले आरोप लगाउँदै आएका छन् । 

 

ad
ad