Skip This
डोल्पा प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका सोह्र सिँढी तोडफोड
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २० शनिबार
  • Tuesday, 11 August, 2026
२o८o श्रावण २० शनिबार o७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पा प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका सोह्र सिँढी तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २० शनिबार o७:१७:oo

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोडफोड भएको हो।

हिन्दुहरूको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरको रूपमा परिचित त्रिपुरासुन्दरीमा श्रृंखलाबद्ध रूपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए। विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँढीका ढुंगाहरू हतौडा प्रयोग गरेर तोडफोड भएको उनले जानकारी दिए।

यस्तो किसिमको गलत काम कुनै धर्मविरोधी तत्वको हुन सक्ने भएकाले पत्ता लगाउन कानुनी रूपमा अघि बड्नुका साथै स्यमं जगत जननी मातासँग पनि भाकल गरिएकोसमेत उपाध्यायको भनाइ छ। कसले कुन कारणले सिँढी फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रहसमेत गरिएको छ।

यसअघि पनि अज्ञात समूहरूले मन्दिरका सिँढी तोडफोड गरेपछि विज्ञप्ति नै निकालिएको थियो। त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजनहरू आउने गर्दछन्।