१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:४२:oo

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आर्थिक जरिवाना गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

सर्वाेच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । 

निर्वाचन ऐनअनुसार निर्धारित समयभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जनही १५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको थियो । 

तर, मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवार बनेका विनोदमणि भट्टराईले आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए । 

सर्वोच्च अदालतमा आयोगले गरेको निर्णयले आफूलाई अन्याय परेको भन्दै उनले १५ साउनमा रिट दायर गरेका थिए । 

आयोगले गत ९ साउनमा एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको खर्च विवरणबारे जानकारी नदिएको भन्दै उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो भने १५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो । 

ad
ad