१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

देउवासँग नजिकिएको छैन :  डा. शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:१३:oo

कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग नजिकिएको विषयमा सत्यता नभएको बताएका छन् । प्रेस युनियन काठमाडौं शाखाको पदस्थापना कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले देउवासँग भेट बाक्लो भएको, तर एजेन्डामा मतभेद रहेको बताएका हुन् । 

‘शेखर कोइराला सभापतिसँग मिल्यो भनेर आइरहेको छ । सभापतिले बोलाउनुभयो भने जाने कि नजाने ? मिल्ने भनेको एजेन्डामा हो । केमा मिल्यो ? मैले आजसम्म पनि बुझ्न सकेको छैन । पहिले शेरबहादुरजीले बोलाउनु हुन्नथ्यो त म जाने कसरी ? बोलाएपछि न जाने हो भेट्न, यो कुरा बुझिदिनुपर्‍यो,’ उनले भने ।

उनले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाको प्रतिरक्षा नगरेको भन्नु पनि उचित नभएको जिकिर गरे । बैठकमा आफ्नो धारणा राख्न प्रत्येक सदस्य स्वतन्त्र हुने भएकाले समूहको भनाइ मात्र आएन भन्न नमिल्ने उनको तर्क थियो । उनले इतर समूहमा कुनै मतभिन्नता नरहेको दाबी गरे । 

‘तपाईंले महामन्त्री गगन थापाको रक्षा गर्नुभएन भनेर कतिले भन्नुभयो । मैले भनेँ– केन्द्रीय समितिमा कसैलाई पनि प्रतिरक्षा गर्न म आएको होइन । केन्द्रीय समितिमा आफ्नो बुद्धि–विवेक लगाउने हो, समूहले जे भन्छ त्यो भन्ने भए त एकजनाले बोले भइहाल्यो,’ उनले भने, ‘हामीहरू (शेखर–गगन थापा)बीच केही मतभिन्नता छैन, एजेन्डामा मतभिन्नता छैन ।’

ad
ad