कोसी प्रदेशका सभामुख गौतमले दिए पदबाट राजीनामा

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

कोसी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न काठमाडौंबाट विराटनगर आएलगत्तै गौतमले उपसभामुख सिर्जना दनुवारसमक्ष राजीनामापत्र बुझाएका हुन्।

सर्वोच्चले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेपछि कोसीमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेकाे छ। नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी गठबन्धनले आजै प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको छ। नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा आज अपराह्न ५ बजे समाप्त हुँदै छ।

सुझावित समाचार