१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Sunday, 11 May, 2025
सुवास भट्ट काठमाडाैं
२o८o श्रावण १६ मंगलबार o६:१५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सय केजी सुन तस्करी प्रकरण : राकेश अडुकियाका बाबुछोरा नै अध्यागमनको कालोसूचीमा

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार o६:१५:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सय केजी सुन तस्करीमा संलग्न रहेको ‘क्लु’ भेटिएका राकेश अडुकियाका बाबुछोरा अध्यागमन विभागको कालोसूचीमा परेका छन् । राजस्व अनुसन्धान विभागले तस्करीमा राकेश र उनका छोरा रोहनको हात रहेको आधार फेला पारेको भन्दै कालोसूचीमा राखेर निगरानी गर्न ५ साउनमा अध्यागमनलाई आग्रह गरेको थियो । कालोसूचीमा परेका व्यक्तिलाई अध्यागमनले पक्राउ गर्न सक्छ । 

‘उनीहरूमाथि सूक्ष्म निगरानी भइरहेको छ,’ अध्यागमन स्रोतले भन्यो । निगरानीका लागि अध्यागमनले अन्य विमानस्थल तथा सीमानाकामा रहेका आफ्ना कार्यालयलाई पनि भनिसकेको छ । हाल सम्पर्कविहीन रहेका उनीहरू नेपालभित्रै रहेको दाबी अध्यागमन स्रोतले गरेको छ । 

पछिल्लो अवधिमा राकेश अडुकियाको ‘ट्राभल हिस्ट्री’ले पनि उनको भूमिका शंकास्पद देखिएको अधिकारीहरूले बताएका छन् । भारतीय पासपोर्टबाट उनले यात्रा गरेको देखिन्छ । राजस्व अनुसन्धान विभागले अडुकियाको ट्राभल हिस्ट्री नै मागेको थियो । अध्यागमनले अनलाइन प्रणालीमा अद्यावधिक भएयता सन् २०१४ देखिकै सबै ट्राभल हिस्ट्री राजस्व अनुसन्धानलाई दिइसकेको छ । 

गत ७ पुस (२२ डिसेम्बर) यता उनी १० पटक काठमाडौं, भारत, हङकङ, दुबई र बैंककमा आतेजाते गरेको देखिन्छ । डिसेम्बर २२ मा काठमाडौं–भारत यात्रा गरेका उनी त्यसयता डिसेम्बर २५ मा हङकङ–दुबई–काठमाडौं, जनवरी २१ मा हङकङ–नेपाल, जनवरी १४ मा काठमाडौं–हङकङ, अप्रिल १९ मा हङकङ–बैंकक–काठमाडौं, अप्रिल १३ मा काठमाडौं–भारत, मे ३० मा हङकङ–काठमाडौं, मे २६ मा काठमाडौं–हङकङ, जुन २६ मा काठमाडौं–भारत र जुलाई ५ अर्थात् गत २० असारमा हङकङ–दुबई–काठमाडौं यात्रा गरेको उनको ट्राभल हिस्ट्रीबाट देखिएको छ । यसअघि गत वर्ष सन् २०२२ मा आठपटक आउजाउ गरेको देखिन्छ । 

स्रोतका अनुसार भारतीय नागरिक अडुकियाको भारतबाहेक हङकङ र थाइल्यान्डमा पनि घर र व्यवसाय छ । त्यहाँ उनी सुन र चाँदीकै व्यवसाय गर्छन् । उनको ट्राभल हिस्ट्री र सम्बन्धित व्यवसाय हुनुले पनि उनीमाथिको आशंकामा बल पुगेको स्रोत बताउँछ । 

हङकङको व्यवसाय उनका भाइले धानेका छन् । नेपालमा अडुकियाको गाडी, सेयर, चाँदीलगायतमा लगानी छ । नेपाल, भारत, हङकङ, दुबई, बैंककमा केन्द्रित रहेर उनले कारोबार गरिरहेको अधिकारीहरू बताउँछन् । 

सुन तस्करीमा राजस्व अनुसन्धान विभाग पछिल्लो समय महŒवपूर्ण मानिएका व्यक्तिहरूलाई पक्राउ गर्न सफल भएको छ । हालसम्म विभिन्न चार गोदाममा छापा हानिसकेको छ भने १८ आरोपीलाई पक्राउ गरिसकेको छ ।