१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
प्रिन्सलाई पोलमा बाँधेर पिट्दै गर्दा हेरिरहेका वडाध्यक्ष अब्दुल ताहिर (रातो घेरामा)
२o८१ बैशाख ३० आइतबार o६:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

वडाध्यक्षकै अगाडि पोलमा बाँधेर कुटपिट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:o५:oo

रौतहट सदरमुकाम गौरमा एक युवकलाई जनप्रतिनिधिकै उपस्थितिमा बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । गौर नगरपालिका– ३ का २० वर्षीय प्रिन्स अन्सारीलाई आइतबार अपराह्न ४ बजेतिर केही स्थानीयले कुटपिट गरेको भिडियो ‘भाइरल’ बनेको छ । जसमा गौर– ३ का वडाध्यक्ष अब्दुल ताहिर रमिते बनेका देखिन्छन् । 

प्रिन्सका दाजु अलियास अन्सारीका अनुसार आइतबार घरमा कोही नभएका वेला स्थानीय हाकिम अन्सारी, साजिद अन्सारी, सोनु अन्सारी, आस मोहमद अन्सारीसहितको समूहले अपराह्न ४ देखि साढे पाँच बजेसम्म बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको थियो । उनीहरूले प्रिन्सलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले कुटपिट गरेको उनले बताए । ‘भाइलाई बाँधेर आक्रमण गरिएको छ । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही हुनुपर्छ,’ अलियासले भने । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार कुटपिटको भिडियो सार्वजनिक भएपछि घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिइएको छ । ‘पीडितको घाउ जाँच प्रक्रिया अघि बढाइसकेका छौँ,’ घटनाको थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

स्थानीयका अनुसार गत शुक्रबार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा गाउँका स्थानीय सोनु अन्सारीसँग प्रिन्सको विवाद भएको थियो । घटना भएको दिन आफूहरू सबै परिवार वीरगन्ज गएको मौका छोपेर उनीहरूले भाइलाई कुटपिट गरेको अलियासले बताए । प्रिन्सको आइतबार गौर अस्पतालमा उपचार भएको छ । घटनाबारे वडाध्यक्ष ताहिरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ थियो ।

प्रिन्सका दाजु अलियास अन्सारी भन्छन्–भाइलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्तीले कुटे
आइतबार घरमा कोही नभएका वेला स्थानीय हाकिम अन्सारी, साजिद अन्सारी, सोनु अन्सारी, आस मोहमद अन्सारीसहितको समूहले अपराह्न ४ बजेदेखि साढे पाँच बजेसम्म बिजुलीको पोलमा बाँधेर भाइलाई निर्घात कुटपिट गरेछन् । ती व्यक्तिले भाइलाई कुटेको भिडियो नै सार्वजनिक भइसकेको छ, संलग्नहरू स्पष्टै देखिसकेका छन् । उनीहरूले भाइलाई प्लास्टिकको पाइप, मुक्का, लाठी, लात्ती प्रहार गरेका छन् । निर्घात कुटपिट भइरहँदा वडाध्यक्ष अगाडि बसेर हेरिरहेका छन् । घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको माग गर्छु ।

 

ad
ad