१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १५ सोमबार १४:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सूचना प्रविधि विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र बन्न सक्छ : गभर्नर अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार १४:१८:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुन सक्ने बताएका छन्।

सोमबार सर्वांगीण विकास अध्ययन संस्था (आइआइडिएस)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा पछिल्लो समय ई–कमर्स, डिजिटल कारोबार वृद्धि हुँदै गएको बताए। सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो लाभ लिन सक्ने सम्भावना रहेको उनले औँल्याए।

गभर्नर अधिकारीले नेपालमा फिनटेक कम्पनी, अनलाइन व्यापार, कमर्सियल अनलाइन भुक्तानी र अनलाइन रेमिट्यान्सलगायतमा अनलाइन सेवा विस्तार भइरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीलाई सन् २०२६ सम्ममा मान्यता दिने गरी योजना बनाएर काम गरिरहेको बताए।

नेपालका लागि रोजगारी सिर्जनाको विषय मात्र नभएर सूचना प्रविधिको सेवा निर्यात विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रूपमा विकास हुने सम्भावना देखिएको गभर्नरको भनाइ छ।