१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १३ शनिबार
  • Friday, 09 May, 2025
२o८o श्रावण १३ शनिबार १४:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर महानगरले सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १३ शनिबार १४:५४:oo

ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ। महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ सटल बसको व्यवस्था छिट्टै गर्ने घोषणा गरेका हुन्।

विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले १४-१५ सिटको हुने सो बस घुमिरहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई चिडियाखानाको दृश्य दोहोर्‍याई, तेहेर्‍याई हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताए। त्यसैगरी, मेयर महर्जनले चिडियाखानाअगाडि चालू आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिबद्धता व्यक्त गरे। धेरै वर्ष पहिले त्यहाँ रहेको टाइगर गेट भत्काउने काम भएकाले आफूले त्यसलाई पुनः बनाउन लागेको उनको भनाइ थियो।

उनले चिडियाखानाभित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा सम्मान गरेको थियो।