१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १३ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १३ शनिबार १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिन आवश्यक : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १३ शनिबार १२:१o:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन्। कांग्रेस काठमाडौं महानगरकाे सम्मेलन उद्घाटन गर्दै उनले कार्यकर्ता र पार्टी जीवनमा परिवर्तनको अनुभूत हुने गरी कार्यक्रम बनाउनुपर्ने बताए।

स्थानीय सरकारमा रहेका जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीहरूबीच हुनुपर्ने सहकार्य अझै प्रभावकारी देखिनुपर्ने नेता सिंहको भनाइ थियो। व्यक्ति पपुलर हुने मात्र नभई पार्टी बलियो बनाउनेतर्फ पनि सबै जिम्मेवार हुनुपर्ने उनले प्रस्ट पारे।

खुला राजनीतिमा आएपछि कांग्रेसमा आन्तरिक अनुशासनको अभाव हुँदा केही समस्या देखिए पनि नआत्तिई सबैले आफ्नो जिम्मेवारी ख्याल गरेर अघि बढ्न सक्नुपर्ने उनकाे भनाइ छ।

पार्टीलाई आवश्यक पर्दा कहीँ नदेखिने, तर पार्टी अधिवेशनमा कसैलाई जिताउनकाे लागि मात्रै देखापर्ने समस्या आएको भन्दै उनले क्रियाशील सदस्यता वितरणमा ध्यान दिनुपर्ने प्रस्ट पारे।