१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ११ बिहीबार
  • Friday, 09 May, 2025
२o८o श्रावण ११ बिहीबार o७:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कात्तिकभित्र ठेक्का लगाइसक्न अर्थमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ११ बिहीबार o७:१८:oo

कात्तिक महिनाभित्र सबै ठेक्का लगाइसक्न अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको सम्बन्धमा छलफल गर्दै अर्थमन्त्री महतले यस्तो निर्देशन दिएका हुन् ।

देशका विभिन्न भन्सार र राजस्व कार्यालयको अवस्था बुझेर फर्किएका अर्थमन्त्री महतले १५ साउनदेखि नै समयसीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन सचिवहरूसँग छलफल गरेका हुन् । छलफलमा मन्त्री डा. महतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भइसकेका आयोजनाको मात्रै ठेक्का प्रक्रियामा जाने गरी काम गर्न निर्देशन दिए । उनले भने, ‘कात्तिकभित्र ठेक्का लगाउनैपर्छ । 

कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न सकेको छैन । ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थ मन्त्रालयमा आउनुपर्छ । एक महिनाभित्र आएको बिल अर्थ मन्त्रालयले १५ दिनभित्रमा पास गरेर पठाउनेछ ।’ काम भइसकेर दायित्व सिर्जना भएको छ भने त्यसलाई नजरअन्दाज गर्न नहुने पनि उनले बताए । बजेट शीर्षक भएको दायित्वलाई प्राथमिकतामा राखेर भुक्तानी गर्नुपर्ने उनको भनाइ छ ।