१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १o:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टाटा जेन्युइन स्पेयर पार्टस्को मूल्य घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:५४:oo

 टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी कम्पनिजले टाटाका जेन्युइन पार्टसहरूको मूल्य समायोजन गरेको छ । हालको प्रतिकूल परिस्थितिका कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युइन पार्ट्सहरूको मूल्य समायोजन गरिएको हो ।

मूल्य समायोजनसँगै ग्राहकले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युइन पार्टस्हरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरूप टाटा जेन्युइन पार्टस्को मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कसपहरूमा गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युइन पार्टस्को प्रयोगबाट गुणस्तरीय सर्भिसिङको फाइदा उठाउन सक्ने कम्पनीको दाबी छ ।   

समायोजित मूल्य देशभर रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क, सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्युइन पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको जनाइएको छ । साथै, सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पाटस्हरूमा ६ महिना वा ५० हजार किमिसम्मको वारेन्टी सुविधा पनि कम्पनिले प्रदान गर्दै आइरहेको उल्लेख गरेको छ । सिप्रदीको देशभरमा २७ बिक्री कार्यालयहरू र ५३ वटा सर्भिस सेन्टर तथा दुई सय ६९ स्पेयर आउटलेटमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad