१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी रिपोर्टका सबै काम अनलाइनमार्फत गर्न परराष्ट्रमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पिसिसी)का सम्पूर्ण कामहरू अनलाइनमार्फत गर्न निर्देशन दिएका छन्।

विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरू अनलाइनमार्फत गरिने व्यवस्था मिलाउन उनले निर्देशन दिएका हुन्।

अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरू अनलाइनमार्फत हुने भए पनि काउन्सलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छाएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता छ।  जसका कारण राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको छ।

राहदानी विभागमा देखिँदै आएको भिडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले उक्त निर्देशन दिएका हुन्। विभागले प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरू अनलाइनमार्फत गर्ने व्यवस्था गरेसँगै सेवाग्राहीले आफू वा आफूले इच्छाएको व्यक्ति त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्नेछ।

विभागका महानिर्देशक पौडेलले अनलाइनमार्फत कामहरू अघि बढाउन टिप्पणी उठाउने काम भइसकेको र मन्त्रीबाट स्वीकृत गराएर दुई साताभित्रै लागू गरिने बताएका छन्।