१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : रक्षा मन्त्रालय ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कार्यबाहक प्रधानमन्त्री खड्का र चिनियाँ नेता युआनबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:o१:oo

कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ। 

रक्षामन्त्रीसमेत रहेका खड्का र युआनबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा दुवै नेताले आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको रक्षा मन्त्रालयले जनाएको छ। 

रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कार्यबाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरेका थिए। 

उनले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गरेका थिए।

चिनियाँ नेता युआनले यसपटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अवसरमा निर्णय भएअनुसारका विभिन्न आयोजना तथा कार्यक्रमहरूको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको उल्लेख गरेका थिए। 

उनले नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, सहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवं पर्यटन विकास, युवाहरूको आदान–प्रदानलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने विचार व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ। 

साथै, उनले नेपालको गरिबी न्यूनीकरणका लागि थालनी गरेको सहयोगसम्बन्धी कार्यक्रम आफ्नो भ्रमणकै क्रममा अगाडि बढाइनेसमेत बताएका थिए। 

यस्तै, नेता युआनले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असल सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा तालिम, क्षमता अभिवृद्धिका क्षेत्रमा थप सहयोग आदान–प्रदान हुने बताएका थिए। 

नेपालको एक चीन नीतिप्रति कृतज्ञता प्रकट गर्दै नेपालको भूमि चीनविरुद्धका गतिविधिमा प्रयोग हुन नदिने नेपालको प्रतिबद्धताको प्रशंसा गरेका थिए। साथै, उनले पूर्वप्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाले सन् १९६० मार्चमा चीनको भ्रमण गरेपछि नेपाल–चीन सम्बन्ध प्रगाढ भएको चर्चा गरेका थिए।

ad
ad