१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ४ बिहीबार १५:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सूर्यविनायक-रत्नपार्क ‘द्रुत बससेवा’ १ असोजबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ४ बिहीबार १५:३७:oo

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय राजधानी काठमाडौं उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ।

राजधानी उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा सवार व्यक्ति समयमा गन्तव्य पुग्न कठिन भएपछि द्रुत बससेवा सञ्चालन गर्न लागिएको यातायातमन्त्री प्रकाश ज्वालाले बताए।  

‘भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बससेवा सञ्चालनको तयारी गरिरहेका छौँ,’ मन्त्री ज्वालाले भने, ‘आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बससेवा सञ्चालन हुन्छ, त्यसपछि अन्य रुटमा पनि चलाउन थाल्छौँ।’

तत्कालका लागि द्रुत बससेवा अत्यधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने भएको छ। त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका सचिव केशव शर्माले बताए। 

‘ठ्याक्कै बस र्‍यापिट ट्रान्जिट सिस्टम (विराटी) त होइन, तर हाम्रो नेपाली मोडेलको र्‍यापिट बस सर्भिस हो,’ सचिव शर्माले भने, ‘सडकको लेनदेखि बसको आकार नै फरक हुने गरी द्रुत बससेवा सञ्चालनको तयारीमा जुटेका छौँ।’

द्रुत बससेवा सञ्चालनका लागि छुट्टै लेन, बसको कलर नै फरक हुने भएको छ। द्रुत बससेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकारप्रकार, सफाइ र रोड पर्मिटको व्यवस्थ मिलाउन विभागलाई निर्देशन दिए। 

पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ। अत्यधिक जामको वेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा एक घन्टा ३० मिनेट लाग्ने गरेको छ।

‘द्रुत बससेवा सञ्चालन भएपछि अत्यधिक जामको वेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन गर्दै छौँ,’ यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने। 

द्रुत बससेवाका लागि मोबाइल एपसमेत बनाइने भएको छ। द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ।