१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ३ बुधबार १३:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछु : सावित्रा भण्डारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार १३:२९:oo

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ। 

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिएको हो। उनी इजरायलको क्लब हापोएल रानानाबाट युरोपमा लिग खेल्दै छिन्। 

बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हानन गोदारले इजरायली क्लबमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिए। उनले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे। 

बिदाइ कार्यक्रममा बोल्दै फरवार्ड भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताइन्। उनले एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौती भए पनि त्यसलाई स्वीकार गर्न तयार रहेको बताइन्। 

दक्षिण एसियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताइन्। आफ्नो यो यात्रा भावी पुस्ता र महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको धारणा राखिन्। 

उनले भनिन्, ‘एसियाबाट युरोप लिगमा खेल्दै छु, मेरा लागि चुनौती छ। तर, म सहजै स्वीकार गर्न तयार छु । जसरी मैले दक्षिण एसियामा प्रमाणित गरेकी छु, यो मेरो लागि महत्वपूर्ण हुनेछ । यो इक्जामका लागि मेरो पहिलो चरण हो। फाइनल इक्जामसम्म आफूलाई तयार राख्नेछु । आमनेपाली महिला फ्यान्स, महिला फुटबललाई हेर्ने दृष्टिकोण भोलिका दिनमा फरक बनाउने प्रयास गर्नेछु । आउने पुस्ताका लागि मैले एउटा बाटो बनाउन पहिलो चरणको ढोका मैले खोल्दै छु। फुटबल खेलेर नै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनेछु। देश र फ्यान्सका लागि धेरै गर्न बाँकी छ, त्यो गर्ने नै छु।’ 

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रस्तुत गर्ने विश्वास गरे।