१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २ मंगलबार
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
२o८o श्रावण २ मंगलबार १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा किशाेरीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o श्रावण २ मंगलबार १२:१६:oo

सप्तरीमा एक नाबालिकामाथि सामूहिक बलात्कार भएको छ। गत शुक्रबार राति १७ वर्षीया किशाेरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।

नाबालिकामाथि सामूहिक बलात्कार गर्ने  योजनाकारसहित चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार राईले जानकारी दिए।  ‘घटनामा संलग्न रहेका चारैजनालाई हामीले नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’ 

उनका अनुसार कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरिएको छ।

कैलाशले नै सुदीप, मनोज र दीपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडि बलात्कार गर्न लगाएको बयान दिएको प्रहरीले जनाएको छ।

‘शुक्रबार मध्येराति ती नाबालिकाको घरमै पसेर चारैजनाले कोही नबस्ने छेउको घरमा पुर्‍याएर कैलाशको निर्देशनमा पालै–पालो बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको छ,’ प्रहरीले भन्यो।

घटनापछि ती नाबालिकाले परिवारलाई सुनाएपछि परिवारले किटानी जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले चारैजनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।