१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सीमामा सशस्त्र प्रहरी बल : एक वर्षमा सवा अर्बका तस्करीका सामान बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२६:oo

सशस्त्र प्रहरी बल नेपालले एक वर्षको अवधिमा एक अर्ब २६ करोड ४४ लाख २४ हजार तीन सय ७० रुपैयाँबराबरको भन्सार छलीका सामान बरामद गरेको छ । आर्थिक वर्ष ०७९/८० मा सशस्त्रको बरामदी अघिल्लो वर्षमा भन्दा २७ प्रतिशतले बढेको छ । 

यसरी बरामद भएका सामानमा खाद्यान्नदेखि लत्ताकपडासमेत छन् । सीमा सुरक्षामा सक्रियता बढाएसँगै तस्करी नियन्त्रण प्रभावकारी बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ । यो अवधिमा नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सबैभन्दा धेरै ६५ करोडबराबरको सामान बरामद गरी दाखिला गरेको छ ।

त्यस्तै, नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले २८ करोेड ७३ लाख ४५ हजार पाँच सय ९३ रुपैयाँ, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरले एक करोड ९० लाख ९९ हजार ६ सय ६८ रुपैयाँबराबरको सामान बरामद गरी भन्सार दाखिला गरेको छ । 

यस्तै, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले दुई लाख ८१ हजार चार सय रुपैयाँ, नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले २२ करोड १६, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात करोड ८३ लाख ४५ हजार दुई सय ४८ रुपैयाँबराबरको तस्करीका सामान बरामद गरी भन्सार दाखिला गरेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र खड्काले जानकारी दिए ।

ad
ad