१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १ सोमबार १४:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार सत्ता टिकाउन परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो : प्रदीप ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १ सोमबार १४:३६:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाए। 

प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमणबारे संकेत गर्दै उनले पछिल्ला दिनमा सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन बुद्धिजीवीहरूलाई समेत आग्रह गरे। 

त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउन असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए। 

प्रधानमन्त्री दाहालले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत् खरिदसहितको सम्झौता गरेको भन्दै आपत्ति जनाउँदै उनले पछिल्ला दिनमा नेपालले नजानिँदो ढंगले एउटा देशप्रति बढी आसक्ति देखाउनु राष्ट्रका लागि हितकर नभएको उपमहासचिव ज्ञवालीले पटकपटक दोहोर्‍याए। 

उपमहासचिव ज्ञवालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताए।