जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

आइतबार, ३१ असार, २०८०
डिजिटल संस्करण

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका– ५ काला पोखराकी ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरू ११ वर्षीय सुशील गुरुङ तथा ६ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

जंगली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। 

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए। रासस 

सुझावित समाचार