१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३० शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३० शनिबार १६:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विदेशी पर्यटकको बसाइ र खर्च घट्दै जानु चिन्ताजनक : विनायक शाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३० शनिबार १६:२९:oo

भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तव्य स्थलहरूको सूची तयार गरी सार्वजिनक गरिएको छ। 

भक्तपुरलाई पर्यटकहरूको गन्तव्य स्थल बनाउन र पर्यटन प्रवर्द्धन गर्नका लागि एक कार्यक्रमबीच भक्तपुरमा पर्यटकीय गन्तव्य स्थलहरूको सूची समावेश गरिएको ब्रेथ ट्रेकिङ भक्तपुर सार्वजनिक गरिएको हो। 

कार्यक्रममा बोल्दै नेपाल होटेल संघ (हान) का अध्यक्ष विनायक शाहले कोराना महामारीपछि नेपालमा अहिले बिस्तारै पर्यटन क्षेत्रले गति लिन थालेको बताए। 

उनले नेपालमा आउने पर्यटकहरूको खर्च र बस्ने दिन भने घट्दै जानु चिन्ताको विषय बनेको भन्दै पर्यटकहरूलाई धेरैभन्दा धेरै नेपालमा बस्ने वातावरण बनाउन जरुरी रहेको बताए। 

भक्तपुरलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउँदै उनले डोलेश्वर महादेव, पाइलट बाबा, घ्याम्पे डाँडालगायतका स्थानमा पर्यटकहरू रमाउन सक्ने भएकोले यी क्षेत्रमा पर्यटन प्याकेज बनाई अघि बढ्न सुझाव दिए।

कार्यक्रममा बोल्दै अन्य पर्यटन व्यवसायीहरूले पर्यटन प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने र अझै नेपालका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न जरुरी रहेको बताए। ओझेलमा परेका पर्यटकीय गन्तव्य स्थलहरू धेरै रहेको भन्दै ती ठाउँको उजागर गर्नुपर्नेमा जोड दिए।